रौतहट २७ बैसाख ।
नेकपा एकिकृत समाजवादीले रौतहटमा ८ स्थानिय तहमा आफ्नो पार्टीका उम्मेदवारले प्रमुख पदमा जित्ने दावी गरेको छ ।
सो पार्टीका केन्द्रिय अध्यक्ष माधव कुमार नेपालको गृह जिल्ला रौतहटमा १८ वटा पालिकाहरु रहेका छन । नेकपा एकिकृत समाजवादीले १६ पालिकामा प्रमुख पदमा उम्मेदवारी दिएको छ । दुई पालिकामा प्रमुख पदमा उम्मेदवारी दिएको छैन ।
दुइवटा पालिका गढीमाइ नगरपालिका र दुर्गाभगवती गाउपालिकामा तालमेल गरेर प्रमुख अन्य दललाइ प्रमुख दिएको दावी सो पार्टीका जिल्ला सचिव मदन सापकोटाले गरेका छन ।
तर अन्य दलले भने कोहि संग ओपचारीक रुपमा तालमेल नभएको बताएका छन ।
जिल्ला सचिव सापकोटाले गौर,चन्द्रपुर,राजदेवी,बौधिमाइ,बृन्दावन,गरुडा,फतुवाबिजयपुर गुजरा नपा गरी ८ तहमा अगाडी रहेको र जीत्ने दावी गरेका छन । उनले भने “अन्य पालकिामा हाम्रो कडा प्रतिस्पर्धा हुन्छ ।”
नेकपा एसमाजवादीले ८ पालिकामा दावी गरेपनि त्यति स्थानमा जीत नहुने अन्य दलको बुझाइ छ । अन्य दलको बुझाइमा ३ देखी ४ पालिकामा नेकपा एकीकृत समाजवादी संग प्रतिस्पर्धा हुने छ ।
अध्यक्ष नेपालको गृह नगर गौरमा नेकपा ए समाजवादी बाट शभ्मु साह उम्मेदवार छन । उनी २०७४ को चुनावमा एमाले बाट उठेका थिए । उनी थोरै मतले पराजीत भएका थिए । यस निर्वाचनमा साह को नेपाली काग्रेसका उम्मेद्वार मोहन यादव, लोसपाका उम्मेद्वार निवर्तमान मेयर अजय गुप्ता संग प्रतिस्पर्धा छ । निवर्तमान उपमेयर किरण ठाकुर पनि राजपा नेपाल बाट गौरमा मेयर पदमा उठेकी छिन । गौर नपामा करीव २० हजार मतदाता छन ।
गौरका व्यापारीक पृष्ठभुमीका साह नेता नेपालका बिश्वासपात्र हुन ।
यस्तै चन्द्रपुर नपामा उक्त पार्टीबाट बाबुराम दाहालले मेयर पदमा उम्मेदवारी दिएका छन । उनी २०७४ को चुनावमा एमालेबाट टिकट पाएर पनि नामावली दर्ता गर्न नपाएका व्यक्ती हुन । दाहाल चन्द्रपुरमा युवा पुस्तामा निकै लोकप्रिय छन ।
चन्द्रपुरमा काग्रेसका संजय काफ्ले , एमालेका शिव आचार्य , नेकपा ए समाजवादी बाबुराम दाहाल, माओवादी केन्द्र का खिलनाथ पौडेल बिच कडा प्रतिस्पर्धा छ । चन्द्रपुरमा ४९ हजार करीव मतदाता छन ।
गरुडामा पनि नेकपा ए समाजवादीका उम्मेद्वार बलियो सो पाटीले दावि गरेको छ । ।मनोनयन दर्ताको अघिल्लो दिन नेकपा एसमा प्रबेश गरेका बृजकिशोर यादव प्रतिस्पर्धामा छन । उनको एमाले , लोसपा , काग्रेसका उम्मेदारहरु संग कडा प्रतिस्पर्धा छ ।
काग्रेस, माओवादी केन्द्र, नेकपा ए समाजवादी पार्टी संग रौतहटको कुनै पनि पालिकामा तामेल नभएको माओवादी केन्द्रका रौतहट इन्चार्ज युवराज भट्टराइले जानकारी दिएका छन ।माओवादी र लोसपा बिच कटहरीया नपामा तालमेल छ ।