रौतहट , २३ बैशाख //
रौतहटको फतुवा विजयपुर नगरपालिकामा माओबादीकेन्द्रले आफ्नो चुनाबी प्रचार प्रसार तथा घर भेट कार्यक्रम तिब्र बनाएको छ। माओवादी फतुवाविजयपुरका मेयरका उम्मेदवार अजय तिमल्सिना घर दैलो कार्यक्रममा लागेका छन्।
सबै उमेदवारहरुमा युवा हरुलाई अगाडी सारेको यस पालिकामा माओबादी केन्द्र बाट मेयरमा अजय तिमल्सिनाले प्यानलको नेत्रित्व गरेका छन भने उप मेयरमा प्रतिमा कुमारी यादवको उमेदवारी रहेको छ।
तिमल्सिनाले कानुनी साशनको स्थापनापना गरि दिगो निकासका लागि आफ्नो उमेदवारी रहेको बताएका छन्।
उनले संविधानले सुनिस्चित गरेका जनताका आधारभूत आबस्यकता हरुलाई ध्यानमा राखेर सेवा प्रबाहमा जोड दिने बताउंदै जनमुखी प्रशान संचालनमा ल्याउने ,युवाको परिचालन बाट परिवर्तन सम्भब गरेर देखाउनको लागि आफुले उमेदवारि दिएको बताए।
उनले आफ्नो पहिलो प्राथमिकता शिक्षा र स्वास्थ्यमा रहने ,सामुदायिक बिद्यालय हरुलाई नियमित र ब्यबस्थित गरि शिक्षा को गुणस्तर सुधारका लागि पालिकामा शैक्षिक योजना बनाएर लागु गर्ने ,प्राबिधिक तथा ब्यबसायिक शिक्षामा जोड दिने रहेको बताए ।
उम्मेदवार तिमल्सेनाले समग्र नगर बिकासको लागि आफुलाई भारि मत दिई विजयी गराउन सम्पूर्ण नगरवासीलाई आग्रह गरेका छन्।