Thursday, January 23, 2025

मधेश प्रदेशमा मंगलबार सार्वजनिक बिदा

पछिल्लाे समाचार


रौतहट, १९ बैशाख //
मधेश प्रदेश सरकारले भोलि (मंगलबार) प्रदेशमा सार्वजनिक बिदा दिने भएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मावलम्बीहरुको मुख्य पर्व इद–ऊल–फित्रको अवसरमा इस्लाम धर्मावलम्बी तथा प्रदेशवासीहरुमा शुभकामना व्यक्त गर्दै मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिएका हुन् ।

मुख्यमन्त्री राउतले यस पर्वले प्रदेशका साथै मुलुकमै भाईचारको सम्बन्ध, शुख र शान्तिको अभिवृद्धि गरोस् भनी कामना गर्दै सार्वजनिक बिदा दिएका हुन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु