रौतहट २१,बैशाख । रौतहटको गुजरा नगरपालिका वडा न ३ का स्वतन्त्र उम्मेदवार इश्वर प्रधान तुलाले चुनाव प्रचार–प्रसारलाई तीब्ररुपमा अगाडी वढाएको छ ।चुनाव नजिकिदै गर्दा आफ्नो चुनावी गतिविधिलाई पनि अगाडी वढाएको छ । निर्वाचन आयोगले मतदाता शिक्षा नदिए पनि उनले घरदैलो कार्यक्रममा मतदाता शिक्षा समेत दिदैछन् ।
युवादेखि सम्पूर्ण उमेर समूहका नागरिकका समस्यालाई वडाबाट व्यवस्थित तरिकाले सम्बोधन गर्दै नमुना वडाका रूपमा विकास गर्न आफू तयार रहेको उनले बताए । घरदैलो तथा जनभेटघाट कार्यक्रममा आप छाप लिएर चुनाबमा होमिएका वडा नम्बर ३ का अध्यक्षका उम्मेदवार प्रधान ले जनताका समस्या गुनासो सुन्ने काम भैरहेकाले निर्वाचित भएपछि सोहि अनुसार काम गरिने बताए । उनको अनुसार घरदैलो अभियानले जनतामा छुटटै उत्साह थपिएको छ । उनले भने ‘मतदाता उत्साहीत छन, हामी जित्छौ ।’ घरदैलो अभियान मा मतदाताले पाँचबर्षे कार्यकालमा शिक्षा,स्वास्थ्य र कृषिमा क्रान्ती ल्याई वडाका कार्यक्रममा सहभागि गराउन आग्रह गरेका थिए ।
महिलालाई रोजगारीको लागि शिपमुलक तालिमको ब्यवस्था,स्थानीय स्तरमा रोजगारी सिर्जना गरी बेरोजगारी हटाउने योजना रहेको प्रधानले सुनाए ।
वडामा देखिएको विकासको बेथिति हटाएर भौतिक पुर्वाधार निर्माण लगायत विकासको माध्यमले वडा न ३ लाई समृद्ध वडा बनाउने प्रधानले बताए । निर्वाचित भएपछि जनताको सेवक बनेर गाउँको चौतर्फी विकास गर्न कुनै कसर बाँकी नराख्ने प्रण लिएका छन् ।