रौतहट , ९ जेठ //
रौतहटको देवाही गोनाहीमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
गएराती देवाही गोनाही नगरपालिका–८ संग्राहलय चोकमा ना ३ त ७०७३ नम्बरको ट्रयाक्टरले भारतीय नम्बर प्लेटको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृतक अन्दाजी ३० वर्षीय युवकको सनाखत भएको छैन।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा झाझपुल स्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्रयाक्टर चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय देवाही गोनहीले जानकारी दिएको छ ।