रौतहट , २३ बैशाख //
जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव लगाएत शीर्ष नेताहरु रौतहटको राजपुरमा पुगेका छन् ।
आगामी ३० गते हुने स्थानी तहको चूनावी सभालाई सम्बोधन गर्न अध्यक्ष उपेन्द्र यादव, मधेस प्रदेश का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश २ का कृषि राज्य मन्त्री योगेन्द्र यादव, जसपा का केन्द्रिय सदस्य तथा प्रदेश सभा सदस्य किशोरी यादव लगायत नेताहरु राजपुर पुगेका हुन् ।
स्थानी तहको निर्वाचनका लागि राजपुर नगरपालिकामा नगरप्रमुख (मेयर) का उम्मेदवारी दर्ता गराएका जैद राजाको निजी निवासमा जसपाका अध्यक्ष यादवसहित आएका नेताहरुले नगरवासीहरुसँग भेटघाट गर्दै जैदलाई मतदान गरि विजयी बनाउन आग्रह गरेका छन् ।
नगर विकास र राजपुर नगरपालिका क्षेत्रलाई हिलो र धुलो मुक्त गर्नलाई भारी मतले जैदलाई विजय बनाउन स्थानीहरुलाई आग्रह गरेका हुन् । नगरवासीले जैदलाई समर्थन गरे भने प्रदेश सरकारको पहिलो प्राथमिकतामा राजपुर नगरपालिकाको विकास नै रहने समेत मुख्यमन्त्री राउतले प्रतिबद्धता व्यक्त गरे।