रौतहट, ६ जेठ //
मौलापुर नगरपालिका वडा ८ मा चुनावको बिषयमा कुटपिट भएको पिडितले बताएका छन ।
सो घटनामा नेपाल प्रहरी का असई कमलेश यादव समेत संलग्न रहेको आरोप छ । यादवले घरेलु हतियार प्रहार गरि दुइजना लाई घाइते बनाएका छन ।
पर्सा जिल्लाको विपत व्यवस्थापन शाखामा कार्यरत रहेका यादव चुनावको लागी बारा जिल्लाको चिउराहामा खटाइएको मा असइ यादवको घर रौतहट जिल्लाको मौलापुर नगरपालिका ८ सोनरनियामा भएकाले उनी चिउराहा बाट नजिकै रहेको मौलापुर आएका थिए ।
असइ यादवका भाइ शिव प्रशन यादवले सो वडामा स्वतन्त्ररूपमा उम्मेद्वार भइ वडा अध्यक्ष जितेका छन ।
प्रहरी सेवामा रहेका यादवले स्थानीय राजकिशोर यादव र सिकिन्द्र यादवलाई कुटपिट गरी घाइते बनाएका छन् ।
कुटपिट बाट घाइते यादवको गौर स्थितल जिल्ला अस्पतालमा भई रहेको डा. संजय यादवले जनाएका छन ।
यस्तै रौतहटको कटहरिया नगरपालिका ३ का नेपाली कांग्रेसका निबर्तमान वडा अध्यक्ष उमेश यादव यसपटक चुनाव पराजित भएपछि सर्वसाधारण कुटेको आरोप छ ।
निबर्तमान वडा अध्यक्ष उमेश यादव र उनका भाइ महेश यादवले छिमेकी कृष्णनन्दन यादव,उनको श्रीमती रिता देवि लाई रातिदेखि नै गालिगलौज गर्दै शुक्रवार बिहान कुटपिट गरेको पिडितको गुनासो छ ।
कृष्णनन्दन यादवको टाउको फुटेको तथा उनको श्रीमतीको शरिरमा चोटपटक लागेको छ । उनीहरुको प्राथमिक स्वास्थ केन्द्र कटहरियामा उपचार भैरहेको छ ।
निबर्तमान वडा अध्यक्ष उमेश यादवले भने कोहि कसैलाइ कुटपिट नगरेको बताएका छन ।
ईलाका प्रहरी कार्यालय कटहरियाका सई सुरेन्द्र सिंहले पुरानो रिसइबिका कारण कुटपिट भएको र अनुशन्धान भैइरहेको बताए ।
चुनाव पछि यस्ता गतिबिधी हुन नदिन प्रहरी चनाखो र सकृय रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।