रौतहट ,२० बैशाख //
नेकपा एमाले चन्द्रपुराका मेयरका उमेदवार शिब प्रसाद आचार्यले आगामी बैशाख ३०मा हुन आलेको आसन्न स्थानीय तहको निर्वाचनमा आफुले जिते चन्द्रपुर नगर भरीका भुमीको नया नापी गर्ने बताएका छन ।
सोमबार चन्द्रपुर ५ मा घरदैलो कार्यक्रममा नगर प्रमुखका उमेदवार आचार्यले यस्तो बताएका हुन ।
उनले चन्द्रपुर नगर क्षेत्रभरी जमिनको नक्सामा ब्यापक समस्या आएको हुदा आफनो पालामा नया नापी गरी आम चन्द्रपुरबासीको समस्याको समाधन गर्ने बताएका छन ।
चन्द्रपुर नगर क्षेत्रको अधिकांश जमिनहरु नक्सा अनुसार नभएको आम नागरिकबाट गुनासो आएपछि नया नापीलाइ नेकपा एमालेले उच्च प्राथामिकतामा राखेको आचार्यले बताए ।
नगर प्रमुख उमेदवार आचार्यले भूमिहिन सुकुम्बासीलाई घर आवासको व्यवस्थापन मिलाउन, दलित समुदायको परम्परागत सिपलाई व्यवसायिकरण गर्न पनि नेकपा एमाले प्रतिबद्ध भएर लाग्ने बताएका छन ।
प्रत्येक वडा तथा नगरपालिका कार्यालयहरु, सरकारी अस्पताल, सामुदायिक विद्यालयहरुलाई प्रविधीमैत्री बनाउने र सवै किसिमको श्रम तथा श्रमिकलाई उच्च सम्मान दिन, ईरिक्सा दर्ता गरि व्यवस्थित सञ्चालनको लागि उचित्त व्यवस्था मिलाउने समेत उनले बताए ।