सर्लाही , ४ जेठ //
सर्लाहीको चन्द्रनगर गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार महताे विजयी भएका छन् ।
उनले ३ हजार ९ सय ९५ मत ल्याई विजयी भएका हुन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लाेकेन्द्र मुखियाले ३ हजार ५ सय ३६ मत प्राप्त गरेका छन् । यसअघिका गा उ पालिका अध्यक्ष लाेसपाका महेन्द्र महताे २ हजार ८ सय ८५ मत सहित तेस्राे भए ।
उनी लाेसपा वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र महताेका दाजु तथा प्रदेश सभा सदस्य उपेन्द्र महताेका बुबा हुन् ।
त्यस्तै उपाध्यक्षमा भने माओवादीकी गीता देवी महताे ३ हजार ८ सय ६० मत सहित विजयी भईन् छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी मंजु देवीले २ हजार ९ सय ५८ मत प्राप्त गरिन् ।
याे सहित कांग्रेसले सर्लाहीमा ९ वटा पालिकामा जीत हासिल गरेको छ ।