रौतहट , ६ जेठ //
गत स्थानीय तहको निर्वाचनमा निर्वाचित गौर नगरपालिकाका मेयर शम्भु साहले आफ्नो पदभार ग्रहण गरेका छन् ।
शुक्रवार सभाकक्षमा आयोजित सपथग्रहण समारोह पश्चाता नवनिर्वाचित नगरप्रमुख साहले पूर्ण रुपमा वैदिक मन्त्रोचारणका साथ कार्यकक्षमा कुर्सीलाई ढोग्दै पद सम्हालेका हुन् ।
आज देखि कार्यभार सम्हालेका नगरप्रमुख साहले नगरवासीको हितमा हुने नयाँ योजनाहरुलाई प्राथमिकताका साथ अघि बढाउने बताएका छन् ।
नगरवासीको हित विपरित कुनै पनि कार्य नगर्ने प्रतिबद्धता गर्दै उनले गौरको विकासमा हरदम समर्पित रहने बताए ।
उनले पुराना योजनाहरु पुरा नगरी त्यसै छाडेकाहरुलाई अविलम्ब पुरा गर्न नत्र कारवाहीको दायरामा ल्याउने चेतावनी समेत दिएका छन् ।