रौतहट १८,बैशाख । रौतहटको गुजरा नगरपालिका वडा न ३ का स्वतन्त्र उम्मेदवार ईश्वर प्रधान (तुला)ले आफ्नो जित सुनिश्चित रहेको दावी गरेका छन् । स्वतन्त्र उम्मेद्वारी दिएका हरि प्रसाद रेग्मी र राप्रपाबाट उम्मेद्वारी दिएका सन्तवीर माझीले उम्मेद्वारी फिर्ता लिई समर्थन गरेपछी जित सुनिश्चित भएको उनले दावी गरेका हुन् । नेकपा एमालेबाट वडा अध्यक्षका प्रबल दावेदार रहेका प्रधानलाई टिकटबाट बन्चित गरेपछी वडाबासीको माग बमोजिम स्वतन्त्रबाट उम्मेद्वारी दिएको उनले बताए। उनले चुनाब चिन्ह आप छाप लिएर चुनाब लड्ने भएका छन्। बिगतका दिन देखि समाजिक कार्यमा संलग्न रहेका प्रधान जनमानसको चाहना अनुसार अध्यक्ष पदमा उमेद्वारी दिएकाले लोकप्रिय बन्दै गएका छन् । गाउँ, समाज,टोल, प्रती अहोरात्र मेहनत गर्दै,सुन्दर,शिक्षित र हराभरा गाउँ बनाउने प्रयास निरन्तर जारी राख्ने आफ्नो लक्ष्य रहेको उनले बताए ।
आफु चुनाव जितेपछि शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात , सडक निर्माणर युवा हरुको लाई विषेश किसिमको योजनामा रहेर काम गर्ने प्रधानले बताएका छन्। मेहनती,ईमानदार,निष्ठावान र विकासप्रेमी युवानेताको रुपमा आफुलाइ चिनाउन सफल हुने समेत उनको भनाई छ ।
गुजरा नगरपालिका वडा न ३ मा नेकपा एमाले बाट गजेन्द्र चौधरी,माओबादी केन्द्रबाट काजिमान माझि र नेपाली कांग्रेसबाट सेख भोला (जमिल अख्तर ) बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।