मुकेश कुमार साह, रौतहट १८ बैशाख । आईतवार नेकपा एमालेका तर्फबाट गरुडा नगरपालिकाका मेयर उम्मेदवार कन्थमणी जयसवालको चुनाबी घोषणापत्र सार्वजनिक गरिएको छ । गरुडामा अवस्थित एमालेको पार्टी कार्यलयमा एक कार्यक्रमका बीच घोषणापत्र सार्वजनिक गरिएको हो। सुशासन समृद्धि र पहिचान, गरुडा नगरपालिका विकासको लागि सुर्य छापमा मतदानको नारा सहित गरुडा नपाको मेयरमा एलालेको तर्फबाट उम्मेदवार कन्थमणी प्रसाद कलवारले नगरमा गर्ने विकास सम्बन्धि प्रतिबद्धता लाई सार्वजनिक गरिएको हो ।
पाँच बर्षे प्रतिबद्धता पत्रमा गरुडा नगरमा प्राबधिक शिक्षा,कृषी पकेट क्षेत्र,खेलकुद ग्राउण्ड,बिभिन्न तालिम,नगर सुरक्षा,सौन्दर्यकरण,स्मृती द्वार लगायत रहेका छन् । नगरमा ५ हजार युवाको रोजगारी,उद्योग पर्यटनलाई प्रबद्धन
,भूमिहीनलाई सुरक्षित आवास र १५० युनिट सम्म निसुल्क बिजुली प्रदान गर्ने लगायत महत्वपूर्ण कुराहरुलाई समेटिएको छ। प्रेस चौतारी नेपाल को मधेश प्रदेशको अध्यक्ष फणीदेव महतको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा नगर अध्यक्ष योगेन्द्र साह, उम्मेदवार कन्थमणी प्रसाद कलवार, प्रेमचन्द्र झा सहितले शुभकामना दिएका थिए ।