Thursday, January 23, 2025

कटहरियामा चुनाव हारेपछि निवर्तमान वडाध्यक्ष यादवले कुटपिट गरेको आरोप

पछिल्लाे समाचार


रौतहट,६ बैशाख //
रौतहटको कटहरिया नगरपालिका ३ का नेपाली कांग्रेसका निबर्तमान वडा अध्यक्ष उमेश यादव यसपटक चुनाव हारेको रिसमा सर्वसाधारण लाई कुटपिट गर्न थालेका छन।
गत ३० गते भएको निर्वाचनमा विपक्षीलाई मत दिएर आफुलाई हराएको भन्दै विभिन्न बहाना बनाएर सर्वसाधारण मतदाता लाई कुटपिट गरिरहेको छ ।
निबर्तमान वडा अध्यक्ष उमेश यादव र उनका भाइ महेश यादवले छिमेकी कृषनन्दन यादव,उनको श्रीमती रिता देवि लाई रातिदेखि नै गालिगलौज गर्दै आज बिहान मर्नासन हुनेगरी कुटपिट गरेका छन ।
कृषनन्दन यादवको टाउको फुटेको तथा श्रीमतीको जिउभरी चोटपटक लागेको अवस्थामा प्राथमिक स्वास्थ केन्द्र कटहरियामा उपचार भैरहेको छ ।
रातिदेखि नै निहु खोज्दै आजबिहान दुबैजना दाजुभाइ मिलेर कुटपिट गर्दा छुटाउन गएका छोरा गौतम यादव लाई पनि कुटपिट गरेको र उसले बोकेको मोबाईल र केही पैसा समेत लुटेको पीडित यादवले बताएका छन ।
निबर्तमान वडा अध्यक्ष उमेश यादवले आरोपको खण्डन गरेका छन ।ईलाका प्रहरी कार्यालय कटहरियाका सई सुरेन्द्र सिंहले घटनाको पुष्टि गर्दै आवश्यक छानबिन भैरहेको बताएका छन ।
स्थानीय निर्वाचन पछि यस्ता घटना दोहरिन नदिन समयमै स्थानीय प्रशासनको ध्यान जान जरुरी रहेको छ । समयमा नियन्त्रण नभएमा गाउँ गाउँमा एकआपसमा झैझगडा हुने प्रवल सम्भावना रहेको देखिन्छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु