रौतहट २४ बैसाख /
रौतहटको ईशनाथ नगरपालिका–६ जयनगरका ९१ वर्षीय लक्ष्मण राउत कुर्मी वडा सदस्य पदका उम्मेद्वार हुन ।
उनी अहिले चुनावमा जोसका साथ टोल टोलमा भोट मागिरहेका छन ।
कुर्मी नेकपा एमालेबाट सो नगरपालिका को वडा नम्वर ६ बाट सदस्य पदमा उठेका छन् । उनी एक साता अघि देखि भोट माग्न घरदैलो मा व्यस्त छन ।
उम्मेद्वार कुर्मी भन्छन” नेकपा एमाले बाट जितेर जीवनको अन्तिम समयमा जनताको सेवा गर्ने चाहाना छ ।”
कुर्मीका लागि चुनाव नौलो होइन । उनले यश अघि पनि विभिन्न चुनावमा भाग लिएका छन ।
उनी भन्छन ” २०१८ साल देखि कांग्रेसमा राजनीति गरेका गरे ।”
२०२१ सालमा तत्कालीन जोकाहा गाउँ पञ्चायतमा उपप्रधानपञ्चमा भएको थिए । पाँच वर्ष पञ्चायत चलाएका उनी २०२६ सालमा आफू बसेको वडाको वडाध्यक्ष भएका थिए ।
त्यसपछि धेरै बर्ष राजनीतिबाट टाढा लक्ष्मण अहिले फेरि नेकपा एमाले को उम्मेद्वार भएर आएका छन ।
उनी भन्छन ” ‘जनताको सेवागर्ने पार्टीमा रहेर काम गर्ने रहर जागेर उम्मेवार बने ।”
चुनाव प्रचारमा आफन्त , छोरा नाति पनि सँगसँगै छन् । उनीहरु भन्छन बुवा को जनताको सेवा गर्ने इच्छालाइ साथ दिइरहेका छौ ।
कक्षा ८ सम्म पढेका उनी पहिले गाउमा लेखापढीको काम गर्थे । ललेखापढी गर्न प्रमाणपत्र चाहिने भएपछि उनले छोडे ।
९१ बर्षिय उम्मेद्वार कुर्मी भन्छन ” म धेरै मत ल्याएर चुनाव जित्छु ।”
इशनाथ नपाको उक्त वडामा ६४ बर्षिय रामेश्वर साह कानु एमाले बाट वडा अध्यक्ष र सन्तोष मेहता मेयर पदका उम्मेदवार छन ।