बारा ,८ जेठ //
बाराको आदर्श कोटवाल गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार जवाहर प्रसाद र उपाध्यक्षमा नेपाली कांग्रेसकै मिरादेवी निर्वाचित भएकी हुन् ।
गाउँपालिका प्रमुखमा जवाहर प्रसादले ४ हजार ८७ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार मुस्तुफा अंसारीलाई १ हजार २ सय ५० मतान्तरले पराजित गरेका हुन् । पराजित मुस्तुफा अन्सारीले २ हजार ८ सय ३७ मत ल्याएका छन् ।
यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार मिरादेवी ३ हजार ३ सय ७५ मतसहित विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार बासमतीदेवी यादवले २ हजार ६ सय २६ मत ल्याएकी छन् ।
यस्तै जिल्लाको बारागढी गाउँपालिका प्रमुखमा जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार जयसबाल ५ हजार ४ सय २६ मत ल्याई विजयी भएका छन् ।
जयसबालले उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तर्फबाट उम्मेदवारी दिएका वृजकिशोर प्रसादलाई २ हजार ३ सय ८४ मतान्तरले पराजित त्गर्दै विजयी बनेका हुन्। पराजित भएका वृजकिशोर प्रसादले ३ हजार ४२ मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा जनता समाजवादी पार्टीकी उम्मेदवार लक्ष्मीदेवी राय ४ हजार ३ सय ६६ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार कलाउनी थरुनीले ३ हजार ६ सय २१ मत ल्याएकी छन् ।