Thursday, January 30, 2025

अनियमितता रोक्छु , गौरबासी लाई काम गरेर देखाउछु : मेयर उम्मेदवार मोहन यादब

पछिल्लाे समाचार

गौर २१ बैसाख / गौर नगरपालिकाको नगर प्रमुखको लागी नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका मोहन यादबले आफु प्रमुखमा निर्वाचित भएपछि गौर नगरपालिकाबासीहरुलाइ निशुल्क शुद्ध खानेपानीको ब्यबस्था गर्ने प्रतिवद्घता व्यक्त गरेका छन ।
रौतहटको गौरमा बुधबार संचारकर्मीहरु संग कुरा गदै नगर प्रमुखका उमेदवार यादबले यस्तो बताएका हुन ।
गौर नगरपालिकाका पुर्व नगर प्रमुख गौरी शंकर यादबका छोरा समेत रहेका यादबले शुद्ध खानेपानीको अभाबमा अनेक किसिमका रोगहरुसंग गौरबासी झेल्दै आएको कारण आफनो प्रतिबद्धता पत्रमा शुद्ध खानेपानीलाइ महत्वका साथ राखेको प्रष्ट पारेका छन
आम गौर नगरबासीको समस्याको रुपमा रहेको खानेपानीलाइ ब्यबस्था गर्न ९ वटै वाडमा योजनाबद्ध रुपमा काम गर्ने समेत उहाले जानकारी दिए ।
गौर नगर क्षेत्रको शिक्षा क्षेत्र झनै अस्तब्यस्त भएको कारण त्यसलाइ ब्यबस्थीत गर्ने समेत नगर प्रमुखका उमेदवार यादबले बताए । गौरीशंकर बहुमुखु क्यामपसका संचालक समेत रहुनु भएका यादबले गौर नगर क्षेत्र भित्रका बिद्यार्थीले माध्यमिक तह १२ कक्षा सम्म कुनै शुल्क तिर्नु नपर्ने समेत उनको योजना छ ।
दलित तथा जेहन्दार बिद्यार्थीहरुलाइ उचित पुरस्कारको ब्यबस्था गरी बिद्यालय बाहिर रहेको बालकालिकाहरुलाइ बिद्यालयमा ल्याएर पढने बाताबरण मिलाउने समेत उनको योजना छ ।
गौर नगरपालिकामा मौलाएको भ्रष्ट्रचारलाइ नियन्त्रण गर्न पनि आफुले गौर नगरपालिकाको नगर प्रमुखको रुपमा उमेदवारी दिएको यादबको भनाइ छ ।
गौर नगर क्षेत्रको बिकाशका कामहरु अस्तब्यस्त रहेको अबस्थामा आफुलाइ मतदान गरी गौर नगरलाइ हेर्न लायक नगर बनाउने समेत उहाले प्रतिबद्धता व्यक्त गरे ।
मेयरका उम्मेद्वार यादव गौरमा शालिन नेताका रुपमा परिचित छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु