Wednesday, January 22, 2025

सर्लाहीका मतदान केन्द्रमा आजबाट कर्मचारी र मतदान सामग्री पठाइँदै

पछिल्लाे समाचार


सर्लाही , २६ बैशाख //
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सर्लाहीमा आजबाट मतदान केन्द्रहरुमा कर्मचारी र मतदान सामग्री पठाउन सुरु गरिएको छ।

सदरमुकाम मलंगवादेखि अली टाढाका १० वटा पालिकाका मतदान अधिकृतहरुलाई आज मतपत्रबाहेकका अरु सबै मतदान सामग्री जिम्मा लगाएर पठाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयको अनुसार मलंगवाबाट नजिकका बाँकी १० पालिकामा कर्मचारी खटनपटन तथा मतदान सामग्री भोली मात्रै पठाइने जनाएको छ ।

मतदान अधिकृतसहितका कर्मचारीलाई आजबाट नियुक्ति दिएर मतदान केन्द्रमा पठाउन लागिएको सर्लाहीका मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार पियाले बताए । सर्लाहीमा ३ सय १८ वटा मतदानस्थल अन्तर्गत रहेका ५ सय ९९ वटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहयोगी कर्मचारी र कार्यालय सहयोगी गरी झण्डै तीन हजार कर्मचारी परिचालन हुँदै छन् ।

यस्तै, १८ सय जति स्वंयसेवक पनि परिचालन गरिने कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख दिवाकर भुजेलले मतपत्रबाहेक अन्य निर्वाचन सामग्री भोलीसम्म मतदान केन्द्रहरुमा पुगी सक्ने बताए ।

मतपत्र भने बढी संवेदनशील हुने भएकाले विकट मतदान केन्द्रहरुमा २८ गते नभए अधिकांश ठाउँमा २९ गते मात्रै प्रहरीको साथ लगाएर पठाइने भुजेलले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु