‘
रौतहट १९ बैसाख / चन्द्रपुर नगरपालिका वाड नं. १० मा नेकपा एमालेले घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एमालेको तर्फबाट चन्द्रपुर नगरपालिकाको लागी नगर प्रमुख का उमेदवार शिब प्रसाद आचार्य,उप प्रमुख मुना सुबेदी लामिछाने मगर,वाड नं. १० का वाड अध्यक्ष उमेदवार टंकेश्वर चौधरी लागायतका उमेदवारहरु,नेकपा एमालेका नेताहरु तथा कार्यकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो । घरदैलो कार्यक्रमपछि आमसभा कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य उद्धब रेग्मीले सबै नेता कार्यकर्ताले एक ढिक्का भएर अगाडी बढनु पर्ने बताएका छन ।
उनले आधारभूत सार्वजनिक शिक्षा र स्वास्थ्य पुर्ण रुपमा निशूल्क अनि गुणस्तरीय हुनुपर्छ र यसको नियन्त्रण तथा नियमन समुदायको हातमा हुन जरुरी भएको बताउदै आजको आवश्यक्ता भनेको आत्मानिर्भर अर्थ व्यवस्था हो जून आफ्नै उत्पादन र प्राकृतिक श्रोतको सदूपयोगबाट मात्र सम्भव हुने उनको धारणा छ ।
धनी र गरीब बिचको खाडल घटाउन जरुरी रहेको अबस्थामा चरम निरासा र पलायनको बाटोमा लामबद्ध, आम यूवा, विद्यार्थी, किसान, मजदुर, विभिन्न पेशाकर्मी र व्यवसायिहरुलाई आफ्नै माटोमा संघर्ष गर्नपर्छ र परिर्वतन हामीबाटै सम्भव छ भन्ने विश्वास पैदा गर्नु पर्ने उनले बताए । आफ्नै ठाँउमा रोजगारीका आधार तयार गर्नुछ । चन्द्रपुुरलाई पर्यटकिय नगरको रुपमा विकसित गर्दै यहाँ रहेका जातजाति, धर्म, संस्कृति, परम्परालाई संरक्षण तथा प्रवद्धन गर्दै लैजानुपर्दछ । नगरका योजना निमार्ण र कार्यन्यवनमा जनताको प्रत्यक्ष सहभागिता हुनुपर्ने केन्द्रिय सदस्य रेग्मीले बताए
यसैगरी चन्द्रपुर नगरपालिकाका नगर प्रमुख उमेदवार शिब प्रसाद आचार्यले चन्द्रपुर नगरपालिकामा नेकपा (एमाले) को नेतृत्वको स्थानिय सरकारले समुदायको ठुलो हिस्सा जोडिएको सामुदायिक वन, विभिन्न सहकारीहरु, सार्वजनिक शैक्षिक संस्था, स्वास्थ्य संस्था तथा अन्य समुदायिक संस्थाहरुको सवलिकरण मार्फत चौतर्फी विकास गर्दै चन्द्रपुर नगरपालिकालाई समृद्ध नगरपालिकाको बनाउने बताएका छन । ‘समृद्ध नगर, सुखी नगरवासी’ को चाहना पुरा गर्न हामी योजनावद्ध ढंगलले अगाडि बढने नगर प्रमुखका उमेदवार आचार्यले बताएका छन । यसका लागि चन्द्रपुर नगरपालिकाको नगर प्रमुख, उप–प्रमुख, वडा अध्यक्ष, सदस्य, महिला सदस्य तथा दलित महिला सदस्य पदमा नेकपा (एमाले) का सूर्य चिन्हवहाक उम्मेदवारहरुलाई अत्याधिक वहुमतले विजयी गराउनुहुन आम मतदातालाइ उनले आग्रह गरेका छन ।