Wednesday, January 22, 2025

रौतहटमा मंगलबारदेखि मदिरा निषेध ,अत्याबश्यक बाहेक अन्य सवारी बन्द

पछिल्लाे समाचार


रौतहट , २६ बैशाख //
स्थानिय चुनावलाई मध्यनजर गर्दै रौतहट प्रशासनले मंगलबारदेखि मदिरा निषेध गर्ने निर्णय गरेको छ ।
मंगलबार मध्य राती १२ः०० बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि मदिरा निषेध गर्ने निर्णय भएको रौतहट प्रशासनले जनाएको छ ।
स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय रौतहटले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै मंगलबार राति देखि रौतहट जिल्ला भरी सबै प्रकारका मादक पदार्थ (मदिरा) को विक्री वितरण र सेवन कार्य निषेध गर्ने निर्णय गरेको हो ।
शुक्रबार हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षालाई दृष्टिगत गर्दै स्थानीय प्रशासन ऐन, २०२८ तथा स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ का विभिन्न व्यवस्थाअनुसार यस्तो आदेश जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले जानकारी दिए ।
मंगलबार राति १२ः०० बजेदेखि ३० गतेका दिन मतदान कार्य सम्पन्न नहुञ्जेलसम्म एम्बुलेन्स, खानेपानी ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा/शव बाहान, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र अनुमति प्राप्त सवारी साधन बाहेकका सावरी साधन सञ्चालनमा निषेध गरिएको उनले जानकारी दिए ।

सो आदेशको उलंघन गरेमा कानुन बमोजिम कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी शाहीले चेतावनी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु