बारा , १५ बैशाख //
आगामी बैशाख ३० मा हुने स्थानिय तह निर्वाचनको लागि बाराका उम्मेद्वारहरु घरदैलो अभियानमा लागेका छन्।
जिल्लाको जीतपुुरसिमरा उपमहानगरपालिका वडा नं.७ का नेकपा एमालेबाट वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका सुनिल गुप्ता घरदैलो अभियानमा जुटेका छन्।
पार्टीका जिल्ला सल्लाहकार आफताब आलमका अनुसार शिवपार्वतीटोलबाट सुरु गरिएको घरदैलो कार्यक्रम चौधरीटोल, पहाडीटोल, बोरिनटोल हुँदै वडा नं.७ स्थित पार्टीको कार्यालयमा पुगेर समापन गरिएको थियो ।
पार्टीका वडा कार्यसमितिका सदस्यहरु सीता उप्रेती, महम्मद नुरुल्लाह अंसारी, नविन मैनाली, ललिता पासवान लगायत सयौं कार्यकर्ताको सहभागिता रहेको थियो ।