वीरगञ्ज , ८ बैशाख //
वीरगञ्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच गठबन्धन हुने भएको छ ।आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच गठबन्धन हुने भएको हो।
वीरगञ्जमा आज एमाले पर्सा अध्यक्ष जयप्रकाश थारू र लोसपा पर्सा अध्यक्ष पुरूषोत्तम लाल झाबीच मिलेर चुनाव लड्ने सहमति भएको छ । दुवै पार्टीमा सहमति जुटेपछि विज्ञप्ति मार्फत गठबन्धन हुने जानकारी गराएको हो
आसन्न स्थानीय निर्वाचनको क्रममा वीरगञ्ज महानगरपालिकाको विकास र प्रगतिको लागि नागरिकलाई केन्द्रमा राखेर लोकतन्त्र, गणतन्त्र र संघीयताप्रति प्रतिबद्धता दलहरु नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल वीरगञ्ज महानगरपालिकामा मिलेर निर्वाचन सहभागी हुन सहमति भएको दुवै अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।