रौतहट , १४ बैशाख //
चन्द्रपुर नगरपालिकाले दमकल ल्याएको ५ वर्ष बितिसक्दापनि हालसम्म अग्नि नियन्त्रण नियुत्त हुन नसक्दा प्रयोगविहीन बनेको छ ।
सशस्त्र प्रहरीलाई दिइएको उक्त दमकल सन्तपुर बेसका लागि राखिएको छ । रौतहटको कुनै पनि स्थानमा आगलागी भए सशस्त्र प्रहरी आफैंले सो दमकल पुर्याउनुपर्छ ।
अग्नि नियन्त्रकका रूपमा खटिएका सशस्त्र प्रहरी जवानलाई प्राविधिक ज्ञान र तालिमप्राप्त हुन सकेको छैन । वारुण यन्त्रमा खटिने जवान अग्नि नियन्त्रकका रूपमा तालिमप्राप्त हुनुपर्ने सशस्त्र प्रहरीका सन्तपुर बेस प्रमुख डीएसपी योगराज दाहालले बताए । वारुण यन्त्रमा झन्डै ७ जना तयारी हालतमा बस्नुपर्ने उनले बताए।
स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन लाग्पानी पनि अग्नि नियन्क्रक नियुत्त गर्न नसक्नु नगर प्रमुखको कमजोरी रहेको चन्द्रनगर–२ का वडाध्यक्ष बुद्ध लामाले आरोप लगाए ।उनले सुरुमै दमकलका लागि अग्नि नियन्क्रक नियुत्त गरौं भनेर नगर प्रमुखलाई सुझाव दिएपनि हुन्छ गरौंला भनेर टार्दै आएको र अहिले सशस्त्र प्रहरीको भरमा वारुण यन्त्र छाड्नुपर्दा यो भन्दा लाजमर्दो के हुन्छ ? उनले प्रश्न गरे।
नगर प्रमुख रामचन्द्र चौधरीले प्राविधिक कारणले कर्मचरी नियुक्त गर्न नसकेको जनाउँदै आएका छन् । उनले सुरक्षाका कारण सशस्त्र प्रहरीमा वारुणयन्त्र राखेका हौं तर विभिन्न कारणले अग्नि नियन्क्रक नियुत्त गर्न नसकिएको उनले बताए।