Wednesday, January 22, 2025

बृन्दाबनमा एमालेको जनमत बढेको छ म जीत्छु : मेयरका उम्मेद्वार प्रेम शंकर

पछिल्लाे समाचार

रौतहट १५ बैसाख / २०४६ साल देखि नेपाली कांग्रेसको राजनिति होमिएका रौतहटका एक नेताले नेपाली कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेर बृन्दावन नगरपालिकाको नगर प्रमुख पदमा उमेदवारी दिएका छन ।
उम्मेद्वार यादव अहिले बृन्दाबन नपाको घर दैलोमा छन ।
नेपाली कांग्रेसमा सक्रिय राजनिति गरेको प्रेम शंकर यादबले नेपाली कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेर बृन्दावन नगरपालिकाको नगर प्रमुखको रुपमा उमेदवारी दिएका हुन ।
पार्टीले उनको टिकट खोसेर निर्बतमान नगर प्रमुख राम स्नेही यादबलाइ टिकट दिएपछि उनले कांग्रेस परित्याग गरेका थिए ।
प्रेम शंकर यादबलाइ नेकपा एमालेले बृन्दावन नगरपालिकाको नगर प्रमुखको रुपमा अगाडी सारेको थियो ।
बृन्दावन नगरपालिकामा राम्रो जनमत भएका नगर प्रमुखका उम्मेदवार यादबले नेपाली कांग्रेस पैसामा बिकाउ भएको पार्टी बताए ।
कांग्रेस तुलनामा नेकपा एमाले आफैमा अडान भएको पार्टीको रुपमा देखेको उनले बताए । आफुले नेकपा एमालेको तर्फबाट नगर प्रमुखमा उमेदवारी दिएपछि ह्वातै जनमत बढेको यादबले बताउछन ।
बृन्दावन नगरपालिकामा नेकपा एमालेको जित सुरक्षित भएको समेत उनले प्रतिक्रिया दिएका छन ।
आफु नगर प्रमुखको रुपमा निर्वाचित भएपछि सर्वप्रथम शिक्षा क्षेत्रको नगरमा आमुल परिर्वतन गरि सुधार ल्याउने र बेरोजगार युवाहरुलाइ स्वरोजगार बनाउने तर्फ अहम भुमिका खेल्ने उनले बताए ।
बिगत ५ बर्षको अबधिमा बृन्दावन नगरपालिकामा बिकाश बजेटमा अनियमिता मात्रै भएको पाएकोले आफुले जितेपछि बिकाश बजेटलाइ सही सदुपयोग गरेर बिकाश तर्फ अग्रसर हुने उनको प्रतिक्रिया छ ।
बृन्दावन कृषिको पकेट क्षेत्र भएको हुदा पनि यहाका किसानलाइ ब्यबसायिक खेती तर्फ उन्मुख गराउन सोही अनुसारको नगरपालिकाबाट किसानहरुलाइ सुबिधा उपलब्ध गराउनु आफनो मुख्य लक्ष्य भएको समेत उनले बताएका छन ।
पहिले देखी नै आफु भ्रष्ट्रचार बिरोधी भएको कारण पनि नगर भित्र हुने भ्रष्ट्रचारलाइ शुन्य अबस्थामा झार्ने तर्फ पुर्ण रुपमा प्रतिबद्ध रहेको समेत उनले बताएका छन ।
उक्त नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट राम स्नेही यादब,नेकपा एस पार्टीको तर्फबाट बिनोद पटेल,नेकपा माओबादीको तर्फबाट राम प्रसाद राउत पटेल लगायतले नगर प्रमुखको पदमा उमेदवारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु