रौतहट , २१ चैत //
भारतमा बिधान परिषदको चुनाव भएकोले आज नेपालसंग जोडिएको सिमा नाका बन्द गरिएको छ ।
आज बिधान परिषदको चुनाव रहेकोले बिहानै देखि भारतीय क्षेत्र बैरगनिया-गौरसहित अन्य सिमा नाका बन्द गरिएको हो।
विद्यान परिषद सदस्यकाे निर्वाचन बिहान ८ बजे देखि शुरु भएकाे हाे । मतदाता पत्र लिएर मतदान कार्यालयमा मतदाताहरु पुगेका हुन् ।
वडा सदस्य, पंचायत समिति सदस्य, मुखिया र जिल्ला परिषद सदस्यहरुले मतदान गर्ने छन् ।