जनकपुरधाम , ९ बैशाख //
जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेशका अध्यक्ष विजय यादवले अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।
जसपा मधेश प्रदेशको जनकपुरधाममा समायोजनका लागि वैठक चल्दै गर्दा यादवले पदबाट राजीनामा दिएका हुन ।
मधेश प्रदेश का कृषि मन्त्री समेत रहेका यादवले अध्यक्ष पदको लागि विवाद भइरहदा उनले अध्यक्ष पदबाट राजीनामा दिएको स्रोतले जनाएको छ । त्यसैगरि जसपाका मधेश प्रदेशका मुख्यसचिव शम्भु झा ले समेत आफनो पदबाट राजीनामा दिएका छन् ।
उनले समाजीक संजाल मार्फत लेख्दै पार्टीको साधारण सदस्यताबाट समेत राजनिामा दिएको जानकारी गराए ।