रौतहट , १६ बैशाख //
जनमत पार्टी राैतहटले स्थानीय तहकाे निर्वाचनमा यूवालाई माैका दिएकाे छ ।
जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा २२ वर्षिय यूवायूवती लाई मेयर र उपमेयरको उम्मेदवार बनाएकाे छ । मेयरमा ई.कृष्णा कुमार साह र उपमेयरमा आर्ती कुमारी चौधरीले उम्मेदवारी दर्ता गराएका छन्।
जनमत पार्टीकाे तर्फबाट वडा नम्बर १ काे वडाध्यक्षमा शुभ नारायण राय,वडा २ मा बीरेन्द्र मुखिया बिन, ४ मा रामआशिष उपाध्याय , ५ मा जदुबंश राय यादव , ६ मा योगेन्द्र महतो कोइरी, ७ मा जयराम साह , ८ मा बिजाधर बैठा, १० मा भुपेन्द्र चौधरी, ११ मा रुपेश साह सहितकाे प्यानल स्थानीय तहकाे चुनावमा लडि रहेका छन् ।
साे नगरपालिकाकाे वडा नम्बर ३ मा जनमतको तर्फबाट उम्मेदवारी दर्ता गराईएकाे छैन् ।