Friday, January 31, 2025

चैती छठ पर्व आज मनाइँदै

पछिल्लाे समाचार


रौतहट , २४ चैत //
चैती छठ पर्व आज धुमधामका साथ मनाइँदै छ । मंगलबारदेखि शुरु भएको यो पर्वको आज तेस्रो दिन हो। आज बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै शुक्रबार विहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठ पर्व सम्पन्न हुनेछ ।

यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाइन्छ । खरनाको अवसरमा ब्रतालुहरु निराहार उपवास बसि साँझपख खष्ठी देवीलाई प्रसाद चढाई खाने खाने चलन छ । प्रसादमा खीर ,केरा, दुध तथा मिठा राखेर बनाइएका विभिन्न परिकारसहित फलफुल चढाइने गरिन्छ ।

पर्वको तेश्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन ब्रतालुहरुले साँझ सूर्य अस्ताउने प्रतिक्षा गर्छन् । त्यसमा सूर्य अस्ताउनु एकघण्टा पूर्व देखिनै ब्रतालुहरुले पोखरीमा प्रवेश गरि खष्ठीमाताको पूजा गर्दै सूर्य देवलाई अर्घ दिने गर्दछ। अर्घमा मुला, उँखु, भण्टा, मिठाको ठकुवा, भुसवा ,केरा, नरिवललागायतका सामग्रीहरु चढाउने गर्दछ।
सन्ध्या अर्घपछि रातभरि ब्रतालुहरु जागरण बसि भोलिपल्ट चैत्र सुक्ल सप्तमी तिथीका दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि पर्वको समापन हुन्छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु