रौतहट १७ बैसाख / चन्द्रपुर नगर पालिकामा नेकपा एकीकृत समाजवादीले घरदैलो कार्यक्रमलाई तीब्रता दिएको छ । नगरपालिकाका १० वटै वडामा उम्मेदवारहरु मतदाताका घरदैलोमा पुगिरहेका छन् ।
यसैक्रममा मेयर पदका उम्मेदवार बाबुराम दाहाल, उपमेयर पदका उम्मेदवार रामरति चौधरी, नगरस्तरीय चुनाव प्रचारप्रसार समितिका संयोजक अमर आलेसहित वडाका उम्मेदवारसहितका नेता कार्यकर्ताहरु आफ्ना एजेण्डासहित घरदैलोमा जुटेका हुन् ।
मेयर पदका उम्मेदवारसहितका नेताहरु गाउँघरका जेष्ठ नागरिक बृद्धबृद्धा, प्रतिष्ठित समाजसेवी, दलित, महिला जनजाति, अल्पसंख्याहरुको आर्शिबाद लिंदै चुनाबी अभियानमा होमिएका हुन् ।
चुनाबी अभियानलाई तीब्रता दिएका मेयर पदका उम्मेदवार दाहालले आफूहरु विजय भएर चन्द्रपुर नगरको नेतृत्वमा पुगेपछि सामाजिक सुरक्षा भत्तालाई सर्वसुलभ ढंगले वितरणको व्यवस्था गर्ने बताए ।
चन्द्रपुर नगरपालिकाले प्रवाह गर्ने सेवा सुबिधालाई सर्वसुलभ बनाउँदै त्यहाँ भित्रका बिकृतिहरु उन्मुलन गर्ने उनले बताए । स्थानीय निकायहरु आम सर्वसाधारण जनताका संस्था हुन्, ती कार्यलयबाट प्रवाह हुने सेवासुबिधा जनताले सर्वसुलभ ढंगले उपभोग गर्न पाउनु पर्छ–उनले भने ।