Friday, January 24, 2025

एसईई परीक्षा आजदेखि सुरु

पछिल्लाे समाचार


रौतहट , ९ बैशाख //
आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ ।

कोरोना महामारीका कारण २ वर्षदेखि आन्तरिक मूल्यांकनबाटै सम्पन्न गरिएको एसईई यसवर्ष भौतिक परीक्षार्थीको भौतिक उपस्थितिमै सुरु भएको हो ।

आज बिहान ८ बजे देखि देशभरका परीक्षा केन्द्रमा एकसाथ एसईई सुरु गरिएको एसईई ११ बजेसम्म सञ्चालन
गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

कोरोना महामारीपछि आन्तरिक मूल्याङ्कनका आधारमा एसईईको नतिजा सार्वजनिक गरिरहेको परीक्षा बोर्डले यस वर्ष परीक्षा केन्द्र तोकेर भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरेको हो।

यस वर्ष कुल ५ लाख १४ हजार ९६७ परीक्षार्थी रहेको परीक्षा बोर्डले जनाएको छ। नियमिततर्फ ४ लाख ८८ हजार ७४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ जना सहभागी छन् ।

प्राविधिक तर्फ २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी एसईईमा सहभागी छन् ।

राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा सञ्चालनका लागि २ हजार ७ परीक्षा केन्द्र र एक उपकेन्द्र तोकेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु