रौतहट १४ बैसाख / नेकपा एमालेका गरुडा नगर प्रमुखका उम्मेदवार कन्थमणी जयसवाल मतदाताको घरदैलोमा ब्यस्त छन । रौतहटको मध्ये भागमा रहेको गरुडा नगरपालिका एमालेमय बनेको छ । नेकपा एमालेको तर्फबाट नगर प्रमुख कन्थमणि जयसवाल उठेपछि अहिले गरुडामा एमालेका उम्मेद्वार जीताउन मतदाता हरु उत्साहित बनेका छन ।
जनताको दुःखमा सधै साथमा रहने ब्यक्ती कन्थमणी जयसवाल नेकपा एमालेबाट नगर प्रमुखको उमेदवार बनेपछि गरुडाबासी उत्साहित हुन । नगर प्रमुख उमेदवार अहिले जनताको घर घरमा पुग्न थालेका छन । समाजसेवी जयसवालले बेरोजगार युवाहरुलाइ स्वरोजगार बनाउने मुख्य लक्ष्य राखेका छन । गरुडामा रहेको चिनीमिललाइ माथिल्लो निकाय संग समन्वय गरेर संचालन गरी गरुडाका बेरोजगार युवाहरुलाइ रोजगार दिने आफनो उदेश्य रहेको उनले बताए
निर्वाचित भएपछि गरुडा नगर क्षेत्रलाइ फ्रि वाइफाइको क्षेत्र बनाउने योजना जयसवालको छ । २०७१ सालमा बिभिन्न ५ वटा साबिक गाबिसहरु जोडेर गरुडा नगरपालिका बनाउनको लागी मुख्य भुमिका निर्वाह गरेका नगर प्रमुख उम्मेदवार जयसवालले यस पटकको निर्वाचनमा सुर्य ध्वजबाहक उम्मेदवारले जित्ने र गरुडा बासीको साथ रहेको बताए ।
उद्योग बाणिज्य संघको अध्यक्ष, लगाएत विभिन्न सामाजीक संघ सअंथाको जयवालले कुसलता पुर्वक काम गरीसकेका छन । यसैगरी सोही नगरपालिकाको उप प्रमुखमा ज्ञानकला देबी साहले उप प्रमुखमा उमेदवारी दिएकी छिन । गरुडा नगरपालिकाको टोल टोलमा एमालेमय बनेको नेकपा एमालेका नेता लालबाबु साहले बताउनु भएको छ । गरुडा नगरमा मेयर, उपमेयर, वडा अध्यक्ष सहित सवै उम्मेदार जीताउन नेता कार्यकर्ता सकृय भएका छन । गरुडा नगरपालिकामा ९ वटा वाडमा करिब २७ हजार मतदाता रहेका छन ।