पर्सा , १६ बैशाख //
वीरगंज महानगरपालिकाका निवर्तमान मेयर तथा नेकपा एमालेबाट आउदो स्थानिय चुनावमा मेयरका उम्मेद्वार बिजयकुमार सरावगीले १०हजार मतान्तरले विजयी हुने दावी गरेका छन्।
अघिल्लो निर्वाचनमा जनता समाज पार्टी बाट १९ हजार १सय ९७ मतल्याएर विजयी भएका सरावगीले यस पटक १०हजार मतान्तरले विजयी हुने बताएका हुन्।
बीरगञ्जको विकास गर्न कुनै नेताले चासो नदिएपछि आफू वाध्य भई राजनीतिमा निःस्वार्थ रूपमा सामाजिक कार्य गर्ने भाव लिएर आएको सरावगीले बताए।
उनले नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले आफू माथि विश्वास देखाएकोमा आभार व्यक्तगर्दै उनले अगाडि सारेका ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान साकार पार्न लाग्ने बताए।