काठमान्डौ , १४ बैशाख //
आगामी वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले सबैभन्दा धेरै उम्मेदवारी दिएको छ ।
मंगलबार साँझ ९ बजेसम्मको निर्वाचन आयोगको विवरणअनुसार उमेदवारको दलगत स्थितिमा प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष तथा वडा अध्यक्ष पदमा सबैभन्दा बढी उम्मेदवारी नेकपा एमालेले दिएको हो ।
विवरण अनुसार प्रमुख पदमा एमालेबाट २ सय ८८ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, अध्यक्षमा ४ सय ४६ जनाको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै, दलबाट उपप्रमुखमा २ सय ८३ र उपाध्यक्षमा ४ सय ४५ जनाको उम्मेदवारी परेको छ । त्यस्तै एमालेबाट वडा अध्यक्ष पदमा ६ हजार ४ सय ६८ जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै, नेपाली कांग्रेसबाट प्रमुख पदमा २ सय ६३ र अध्यक्षमा ३ सय ८२ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख पदमा २ सय ४८ जनाले उम्मेदवारी दिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष पदका लागि २९१ जनाको उम्मेदवारी परेको छ । स्वतन्त्रबाट प्रमुख पदमा १ हजार ३ सय ७६ र अध्यक्ष पदमा १ हजार २४ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।
उपप्रमुखमा राप्रपाबाट २ सय २७ उम्मेदवारी परेको छ भने नेपाली कांग्रेसबाट २ सय १० उम्मेदवारी परेको देखिएको छ ।
सोहीअनुसार उपाध्यक्ष पदका लागि कांग्रेसबाट ३ सय ५९ जनाको उम्मेदवारी दिएका छन् भने माओवादी केन्द्रबाट सोही पदमा ३ सय १४ जनाको उम्मेदवारी दर्ता भएको छ ।
त्यस्तै, वडा अध्यक्षमा एमालेबाट ६ हजार ४ सय ६८, कांग्रेसबाट ६ हजार ७७, माओवादी केन्द्रबाट ४ हजार ३ सय ८५ र स्वतन्त्रबाट ५ हजार ८ सय ३१ जनाको उम्मेदवारी परेको छ ।
सोहीअनुसार महिला सदस्यका लागि एमालेबाट ६ हजार ३ सय १८, कांग्रेसबाट ५ हजार ९ सय ९६, माओवादी केन्द्रबाट ४ हजार १सय ७, राप्रपाबाट २ हजार ८९ जनाको उम्मेदवारी दर्ता भएको छ ।
त्यस्तै, दलित महिला सदस्यका लागि एमालेबाट ६ हजार १ सय १२, काँग्रेसबाट ५ हजार ७ सय ३१, माओवादी केन्द्रबाट ३ हजार ८ सय ३५, राप्रपाबाट १ हजार ६ सय ३३ जनाको उम्मेदवारी परेको हो ।
त्यस्तै, सदस्य खुलाका लागि एमालेबाट १२ हजार ६ सय ७०, काँग्रेसबाट ११ हजार ९ सय ३४, माओवादी केन्द्रबाट ८ हजार ५ सय ३८ र राप्रपाबाट ४ हजार ६ सय ३० जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।
सोहीअनुसार प्रमुख पदमा अन्यबाट १ हजार २ सय ९१, अन्यबाट अध्यक्षमा १ हजार २ सय ३५, अन्यबाट उपप्रमुखमा १ हजार २१, अन्यबाट उपाध्यक्ष ९ सय १३, अन्यबाट वडा अध्यक्ष १२ हजार १ सय ८८, अन्यबाट महिला सदस्य ७ हजार ५ सय ५७, अन्यबाट दलित महिला सदस्य ६ हजार १ सय ६०, अन्यबाट खुला सदस्य १६ हजार ८ सय ८६ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।
आयोगका अनुसार विभिन्न पदमा गरि १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।