सर्लाही , २४ चैत //
सर्लाहीमा गोली चल्दा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत विहारस्थित विष्णुपुर नगर निगमका ३५ वर्षीय इन्दल महतो रहेका छन्।
बुधबार साँझ सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ९ मा अज्ञात व्यक्तिले गोली प्रहार गर्दा महतोको मृत्यु भएको सर्लाहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार महतोमाथि मंलगवास्थित कृष्णामती विद्यालय पछाडि अज्ञात व्यक्तिले गोली प्रहार गरेको थियो ।
महतोमाथि गोली गोली कसले र किन चलायो भन्नेबारे केही खुल्न नसकेको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।