सर्लाही , ८ बैशाख //
आगामी वैशाख ३० मा हुन गइरहेको निर्वाचनका लागि सर्लाहीको सबै स्थानीय तहमा निर्वाचन अधिकृत खटिएका छन् ।
आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका २० वटै स्थानीय निकायमा निर्वाचन अधिकृत खटिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख दिवाकर भुजेलका अनुसार स्थानीय तहको निर्वाचनका लागि सर्लाहीको २० वटै स्थानीय निकायमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
स्थानीय तहको निर्वाचनका लागि मलङ्गवा नगरपालिकामा जिल्ला अदालत सर्लाहीका मुख्य न्यायाधीश ध्रवकुमार पिया, कविलासी नगरपालिकामा मालपोत कार्यालय हरिवनका प्रमुख रमेशप्रसाद गौतम, कौडेना गाउँपालिकामा जिल्ला अदालतका श्रेस्तेदार विश्वनाथ अर्याल, गोडैता नगरपालिकामा अध्यागमन विभाग काठमाडौँका निर्देशक मुकेशकुमार केशरी, ईश्वरपुर नगरपालिकामा सत्य निरुपण तथा मेलमिलाप आयोगका उपसचिव ठाकुरप्रसाद आचार्य, चक्रघट्टा गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत भीमबहादुर निरौला, चन्द्रनगर गाउँपालिकामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव सुकदेव लम्साल, धनकौल गाउँपालिकामा सङ्घीय संसद् सचिवालयका उपसचिव शिवदत्त बराल निर्वाचन अधिकृत तोकिएका छन् ।
त्यस्तै पर्सा गाउँपालिकामा डिभिजन वन कार्यालयका प्रमुख सन्तोषकुमार झा, बरहथवा नगरपालिकामा महान्यायाधीवक्ताको कार्यालय काठमाडौँका उपन्यायाधीवक्ता दशरथ पङ्गेनी, बलरा नगरपालिकामा प्रदेशसभा सचिवालय जनकपुरधामका अधिकृत रञ्जितकुमार यादव, बसबरिया गाउँपालिकामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव रामेश्वर पोखरेल, बागमती नगरपालिकामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव बिकाउकुमार यादवलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको हो ।