रौतहट , १५ बैशाख//
नेपाली काँग्रेसको युवा नेता एवं गौर नपाको मेयरको उम्मेदवार मोहन यादवले समग्र नगर बिकासको लागि आफुलाई साथ आग्रह गरेका छन्।
आगामी बैशाख ३० मा हुने स्थानिय तह निर्वाचनमा नगर बासिहरुले आफुलाई मत दिएर जिताए गौर नगरको मुहार फेरी सुन्दर, शान्त, विकसित, आपसी भाईचारा कायम भएको शहर, शिक्षा, स्वास्थ्यलाई सुदृढ पार्ने यादवले बताए।
उपमेयर डा. शाहजहा खातुन सहितको प्यानलाई भारी मतले जिताएर गौर नगरलाई देशमै नमूना, भ्रष्टाचारमुक्त, विकसित, पर्यटकिय नगरको रुपमा बनाउन नेपाली काँग्रेसको पक्षमा मतदान गर्न उनले नगर्पासिलाई आग्रह गरे।