रौतहट १५ बैसाख / चन्द्रपुरका मेयर पदका उम्मेद्वार बाबुराम दाहालले अहिले यस क्षेत्रमा राम्रो स्वास्थ्य संस्था, गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक प्रतिष्ठान नहुँदा यहाँको करोडौँ पैसा बाहिरी जिल्लामा गइरहेको हुँदा स्थानीय स्तरमै त्यस्ता संरचना निर्माण गर्नु पर्ने बताएका छन् ।
आफू निर्वाचित भएमा उद्यमशीलताको विकास गरी वैदेशिक रोजगारीमा गइरहेका युवाहरुलाई स्थानीय स्तरमै उद्यम गर्ने वाताबरण सिर्जना गर्ने प्रतिबद्धता समेत जनाए । विभिन्न धर्म, जातजाति, भाषा संस्कृतिको संरक्षण गर्दै चन्द्रपुरलाई देशकै नमूना शहर बनाउने योजना आफूहरुसँग रहेको बताए ।
चन्द्रपुरलाई कसरी समृद्ध नगर बनाउने भन्ने बारेमा विज्ञहरुमा छलफल गरी तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नु पर्ने आवश्यकता समेत औल्याए ।
घरदैलोमा जाँदा स्थानीय वासिन्दाबाट ठूलो आशा र विश्वास प्राप्त गरेकोले आफूहरुको जीत सुनिश्चित रहेको उनले प्रतिक्रिया दिए ।