रौतहट , २२ चैत //
रौतहटको एक फर्निचर उद्योग बाट अबैध साल र सिसोको चिरान काठ बरामद भएको छ।
बिशेष सूचनाको आधारमा डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरका अधिकृत राजेश साहको नेतृत्वमा गएको संयुक्त टोलिले चेतनगर बन पोस्ट छेउ खौराहामा रहेको एक फर्निचर उद्योग बाट ४० क्युफिट बराबरको साल र सिसौको चिरान काठ बरामद गरेको हो ।
बरामद काठ ५० हजार भन्दा बढि मुल्यको रहेको छ।
उक्त काठ डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको तथा थप अनुसंधान भइरहेको डिभिजन बन कार्यालयका रौतहटका प्रमुख अमरदेव यादवले जानकारी दिए।