रौतहट , ९ बैशाख //
विश्वकप प्रतियोगिताका लगाी नेपाली राष्ट्रिय महिला क्रिकेट टिममा रौतहटको गौरकी एक खेलाडीले स्थान पाएकी छिन्।
१९ वर्ष सम्मका महिला खेलाडीहरुको विश्वकप प्रतियोगिताका लगाी नेपाल क्रिकेट संघ (क्यान) ले जारी गरेको खेलाडी नामावलिमा जिल्लाको गौर २ की मधु राउतले स्थान पाएकी हुन ।
खेलाडी राउत राष्ट्रिय टिममा स्थान बनाउने रौतहटको पहिलो महिला खेलाडी हुन् ।
आईसीसी महिला यू–१९ विश्वकप छनोटको लागि नेपाल क्रिकेट संघ (क्यान)ले ४४ खेलाडीलाई क्लोज क्याम्पको लागि बोलाएको छ । बिहीबार क्यानले विश्वकप छनोटको लागि भन्दै ४४ महिला किशोरी खेलाडीलाई पहिलो चारणको क्याम्पमा बोलाएको हो ।
सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुने यू–१९ महिला विश्वकपको लागि खेलाडीलाई क्याम्पमा बोलाइएको हो । क्लोज क्याम्प बैशाख १० गते देखी पोखरामा सुरु हुने समेत क्यानले जनाएको छ । पहिलो संस्करणको विश्वकपमा १६ राष्ट्रको सहभागिता रहने छ ।