Thursday, January 23, 2025

स्थानिय चुनावका लागि रौतहटमा ८३ मतदान स्थल अति संवेदनशिल

पछिल्लाे समाचार


रौतहट , १५ बैशाख //

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि स्थानीय प्रशासनले रौतहट मा ८३ मतदान स्थल अति संवेदनशिल राखेको छ ।
खास गरेर भारत संग सिमा जोडिएका विभिन्न पालिकाहरु र भुगोलको विकटता, यातायातको असुविधा र चुरे संग जोडिएको स्थानलाई अति संवेदनशिल मतदान स्थलको सूचीमा राखेको हो ।

जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार २०६४ साल देखि नै अति संवेदनशिलको सूचीमा रहेका मतदान स्थलहरुलाई परिमार्जन गर्दै स्थानीय अवस्था, भुगोलको अवस्था, सिमाको अवस्थालाई मध्यनजर गरी जिल्ला सुरक्षा समितिको वैठकले विगतको अवस्था नरहेका कारण १२१ बाट ८३ मा अति संवेदनशिल मतदान स्थलको सूचीमा राखिएको हो ।
सिमावर्ती भारत संग जोडिएको राजदेवी, गौर, इशनाथ, परोहा, बौधीमाई, चुरे संग जोडिएका चन्द्रपुर नगरपालिका सहित १४ पालिकाको ८३ वटा मतदान स्थल अति संवेदनशिलको सूचीमा रहेको रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताए । जिल्लामा ११९ संवेदनशिल र ७४ सामान्य गरेर २ सय ७६ मतदानस्थलमा ४ सय ७७ मतदान केन्द्र रहेको जानकारी दिदै उनले गरुडा, माधवनारायण, गुजरा नगरपालिका र यमुनामाई गाउँपालिकामा मतदान स्थल अति संवेदनशिल नरहेको जानकारी दिए।

प्रजिअ शाहीले स्थानीय तहको निर्वाचनमा पूर्ण रुपमा सुरक्षा व्यवस्था परिचालन गराउने र अति संवेदनशिल, संवेदनशिल मतदालन स्थलमा सुरक्षाको विशेष प्रबन्ध मिलाइएको हुँदा सर्वसाधारणहरु निर्धक्क भई मतदान गर्न तथा मतदान स्थल सम्म मतदाताहरुलाई जान कुनै असुविधा नहुने जिकिर गरे । म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई परिचान हुने भएको हुँदा सुरक्षाको उच्च प्रबन्ध मिलाइएकोमा कसैले पनि शंका नगर्नुपर्ने स्पष्ट पारे ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु