मुकेश कुमार शाह, रौतहट १७ बैशाख । \
रौतहटको गुजरा नगरपालिकामा नेकपा एमालेको तर्फबाट उम्मेदवार शेख एकरामुल हक आफ्नो बुबाको सपना पुरा गर्न मेयरमा उम्मेद्वारी दिएको बताएका छन् । आफ्नो बुबाको ‘” स्वस्थ,शिक्षित,उद्यमशील ,समुन्नत समावेशी, र समृद्ध गुजरा नगरको सपना रहेकोले सो सपना पुरा गर्न उम्मेदवारी दिएको उनले बताएका हुन् । तत्कालीन कांग्रेस महाधिवेशन प्रतिनिधि हक केहि दिन अघि मात्र पार्टी परित्याग गरेका थिए । कांग्रेस जिल्ला सभापति सुनिल यादव र प्रदेश सभापति कृष्ण यादवले पैसावाल खोजीखोजी टिकट बितरण गरिरहेको भन्दै उनि एमालेमा प्रवेश गरेका हुन् ।
जसरी भएपनि गुजराबासीको सेवा गर्ने र नगरपालिकाको बिकाश गर्ने आफनो मुख्य लक्ष्य भएकोले गुजरा नगरपालिकाको मेयर पदमा उम्मेद्वारी दिएको उनले बताए । “आफु नेपाली कांग्रेस पार्टीमा मेयर पदको प्रवल दावेदार भएपनि टिकटबाट बन्जित गरेपछी बुबाको सप-अन र नगरबासीको चाहना पुरा गर्न नेकपा एमाले प्रवेस गरि मेयर पदमा उम्मेद्वारी दिएको हु ” उनले भने ।
उनका बुबा स्वर्गीय सेख दाउद कनकपुरका पुर्व गाविस अध्यक्ष तथा गुजरा नगरपालिकाका मेयर प्रत्याशी थिए। स्वर्गीय दाउदले २०७४ सालको चुनाबमा मेयर पदमा दोस्रो स्थान ल्याएका थिए। ‘मेरा बुवाले गुजरामा राजनीति गरेर समाज परिवर्तन गर्ने सपना देख्नुभएको थियो, उहाँको सपना पुरा गर्न म राजनीतिमा होमिएको हुँ ,’ उनले भने,यसमा मेरो अन्य कुनै सर्त वा लाभ हानि भन्ने होइन ।’ राजनीति नै सबै नीतिको मूल नीति हो भनेर मेरो बाबाले मलाई सिकाउनु भएको छ । यसलाई आफ्नो जिम्मेवारी ठानी यस नगरको विकासको लागी लागि पर्ने प्रतिबद्धता ब्यक्त गरे । आफु मेयरमा निर्वाचित भएपछी सबैलाई शिक्षामा पहुँच राख्ने , कामका लागि अन्य देश जाने अवस्था अन्त्य गर्न र स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने बताए ।
योग्य र सक्षम नगर प्रमूख चुन्ने अवसर छान्ने पालो जनताको आएको हुदा यसपटक जनताले आफुलाइ आफनो अमुल्य मत दिएर बिजयी बनाउनेमा ढुक्का रहेको समेत उनले बताए ।
हक मतदाताको घरदैलोमा पुगी समग्र नगर बिकासको लागि आफुलाई भारि मतले जिताउन सम्पूर्ण नगरवासीलाई आग्रह गरि रहेका छन् ।