Wednesday, January 22, 2025

नेपाल र भारतका प्रधानमन्त्रीले हैदराबाद हाउसबाट गर्यो नेपाल रेल्वेको उद्घाटन

पछिल्लाे समाचार


रौतहट , १९ चैत //
नेपाल र भारतका प्रधानमन्त्रीले नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट नेपाल रेल्वेको शुभारम्भ गरेका छन् ।

शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमनत्री नरेन्द्र मोदीले जनकपुर–जयनगर रेल सेवाको औपचारिक उद्घाटन गरेका हुन् ।
देउवा र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएपछि भारतको जयनगर देखि जनकपुरधामको कुर्थासम्म चल्ने रेलको शुभारम्भ गरेका हुन् ।

केही समय अगाडि भेटवर्तापछि नयाँ दिल्लीस्थित हैदरावाद हाउसबाट दुई राष्ट्रका प्रमुखले संयुक्त रुपमा जयनगर–जनकपुरधाम–कुर्था रेलको संयुक्त उद्घाटन गरेका हुन् ।

अब भोलि देखि दिनहुँ दुई पटक रेल सञ्चालननेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले जानकारी दिए। उनका अनुसार भारतको जयनगर देखि जनकपुरधामको कुर्थासम्म ३४.९ किलोमिटर रेल्वे सञ्चालन हुनेछ ।

जनकपुरधाम देखि जयनगरसम्मको सामान्य कोचको ७० रुपैयाँ र एसी कोचको ३५० रुपैयाँ भाडा तोकिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु