रौतहट १७ बैसाख / नेकपा माओबादी केन्द्रबाट रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. १ का लागी वाड अध्यक्ष उमेदवार गणेश राउतले यस निर्वाचनमा मतदाताहरुले आफुलाइ बिश्वास गरेर माया गर्नेमा बिश्वस्त भएको बताएका छन ।
उनले एक पटक आफनो अमुल्य मत दिएर काम गर्ने मौका दिन समेत आम मतदाताहरु संग आग्रह गरेका छन ।
समाजिक कार्यमा लामो समय देखि क्रियाशिल वाड अध्यक्षका उमेदवार राउतले एकपटक मात्रै मतदाताहरुले मौका दिए वाड नं. १ लाइ चन्द्रपुर नगरपालिकाको नमुना वाड बनाएर देखाउने बताएका हुन ।
उक्त मौका जनताले दिने पुर्ण बिश्वास भएकै कारण अहिले नेकपा माओबादीको यस वाडमा जित सुनिश्चित बन्दै गएको राउतले बताए ।
यस वाडमा रहेको नुनथर क्षेत्रलाइ ब्यबस्थीत पर्यटकिय स्थलको रुपमा बिकाश गर्ने देखि पौराइ ब्रहम स्थानको भौतिक पुर्वाधारको बिकाश गरी वाड नं. १ लाइ पर्यटकिय वाडको रुपमा बिकाश गर्ने लक्ष्य रहेको उनले बताए ।
सो वाडको मुख्य समस्या भनेको जमिनको पुर्जा बितरण तथा ब्यबस्थापन रहेको हुदा सो कार्य आफु निर्वाचित भएको भोलीपल्ट देखी नै समस्याको समाधान तर्फ लाग्ने राउतले बताए ।
शिक्षा तथा स्वास्थ्य मानब जिवनको अपरिहार्य चिज भएकोले त्यसको बिकाशलाइ अझ मजबुत बनाउदै लानु पर्ने भएको हुदा त्यस तर्फ पनि आफनो ध्यान उतिकै रहेको उनले बताएका छन ।
उक्त वाडमा नेकपा एमालेको तर्फबाट चन्द्र बहादुर लामिछाने मगर,नेपाली कांग्रेसको तर्फबाछ बलराम राउत,नेकपा एसको तर्फबाट बिरु रखाल लागायतले वाड अध्यक्षमा उमेदवारी दिएका छन ।
उक्त वाडमा ५ हजार ६ सय भन्दा बढी मतदाता रहेका छन ।