धनुषा, ८ बैशाख //
जनकपुरमा एक युवकको शव फेला परेको छ ।
बुधबार बिहान हातखुट बाँधेर फालेको अवस्थामा जनकपुर उपमहानगरपालिका २१ स्थित रामनारायण महासेठको पोखरीमा अन्दाजी २५ वर्षीय पुरूषको शव फेला परेको हो ।
युवकको शव पोखरीमा तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
शव पोस्टमार्टमका लागि प्रोदशिक हस्पिटल जनकपुमा राखिएको प्रहरीले जनाएको छ ।
कसैले उनको हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
अहिलेसम्म शवको पहिचान भइनसकेको धनुषाका प्रहरीले जानकारी दिएको छ ।