धनुषा , २१ चैत //
धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीना कुमारी यादव नेकपा एमालेमा प्रवेश गरेकी छन् ।
२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट २६ सय १० मत प्राप्त गरी निर्वाचित भएकी यादव सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर एमालेमा प्रवेश गरेकी हुन् ।
नव प्रवेशी उपमेयर यादवलाई ओलीले टिका र माला लगाई पार्टीमा प्रवेश गराएका हुन्।
सोही कार्यक्रममा माओवादी केन्द्रका नेता तथा शहीद रामवृक्ष यादवका भतिजा विष्णुदेव यादव पनि एमाले प्रवेश गरेका छन् ।
उनी तत्कालीन संयुक्त जनमोर्चाबाट गाविस अध्यक्ष निर्वाचित भएका थिए ।