रौतहट , २२ चैत //
नेपाली कांग्रेस चन्द्रपुर १ वडा समितिले अध्यक्षमा बलराम राउतको एकल नाम शिफारिस गरेको छ ।
यो संगै राउतको वडा अध्यक्षको टिकट पक्का भएको छ । १ नम्बर वडा समितिले बिवाद रहित तरिकाले राउतको मात्र नाम शिफारिस गरेपछि राउतको वडा अध्यक्षको टिकट पक्का भएको हो।
राउतको एकल नाम शिफारिस भएपछि अहिले वडानं १ मा राउतको व्यस्तता बढेको छ ।
उनी यतीबेला चुनावी अभियानमा लागेको र जित पनि उनकै हुने नेपाली कांग्रेसका पुराना नेता तथा स्थानीय बासिन्दा श्रीराम न्यौपानेको भनाइ रहेको छ ।
नेपाली सेनाको अवकाश प्राप्त अधिकृत राउत सेनाको जागिर छाडेसंगै गाउको सेवामा तल्लीन रहेका थिए।
आईए सम्मको अध्यान गरेका ४७ बर्षिय राउत चन्द्रपुर १ मा समाजसेवीका रुपमा परिचित व्यक्ति हुन । कोरोना महामारीका बेला राउतले स्थानयिलाई नगद देखी खाद्ययान्न सहयोग गरेका थिए ।
उनलाई केही समय पहिला नेपाली कांग्रेसका नेता तथा संघिय सांसद देव प्रसाद तिमलसिनाले नेपाली कांग्रेसमा भित्राएका थिए ।
सेनाको नोकरी पछि व्यावसायीक जिवन सुरु गरेका राउतले आफुले काम गरेर कमाएको पैसाले स्थानीय दिनदुखीलाई सहयोग गर्दै आएका छन् ।