Wednesday, January 22, 2025

कमिशन माग गर्दै अमलेखगञ्ज डिपो ठप्प , तीन प्रदेशमा पेट्रोलको अभाव

पछिल्लाे समाचार


रौतहट , १९ चैत //
कमिशन नबढाएपछि पेट्रोलियम पदार्थको बिक्री वितरणमा आयल निगम अमलेखगञ्जका ढुवानी व्यवसायीले शुक्रबारदेखि पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेका छन् । पेट्रोलको ढुवानी ठप्प हुँदा वाग्मती, गण्डकी र मधेस प्रदेशका उपभोक्ता प्रभावित बनेका छन् ।

निगमको अमलेखगञ्ज डिपोले भारतको बरौनीबाट दैनिक २५ देखि ४० ट्याङ्कर पेट्रोल आयात गर्दै आएकोमा सो पेट्रोलियम पदार्थ वाग्मती, गण्डकी र मधेस प्रदेशका अधिकांश जिल्ला ढुवानी हुने गर्छ । शुक्रबारदेखि भएको हडतालले तीनवटै प्रदेशका उपभोक्ताहरू मारमा परेका हुन् ।

नेपाल आयल निगमले तेल बिक्रेताहरूलाई कुल बिक्रीको ३ प्रतिशत रकम कमिसन बापत दिँदै आएको थियो । तर पछिल्लो समय लगातारको मूल्यवृद्धिका कारण निगमले पेट्रोलियम पदार्थमा दिँदै आएको कमिसन फागुन १९ गतेदेखि कटौती गरेको छ । कमिसन बापतको रकम कटौती गरेपछि राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले शुक्रबार विज्ञप्ति जारी गरेर ढुवानी बन्द गरेको हो।

रुस–युक्रेन युद्धका कारण विश्व बजारका कच्चा तेलको मूल्य बढेकाले नेपाली उपभोक्तालाई मूल्यवृद्विबाट बचाउन डिलरलाई दिनुपर्ने कमिसन रोकिएको नेपाल आयल निगम अमलेखगञ्जका डिपो प्रमुख प्रदीप यादवले बताए ।
पछिल्लो एक महिनामा पटक–पटक मूल्यवृद्धि भएपछि तेल बिक्रेताहरूले पाउने कमिसनको रकम रोकिएको निगमले जनाएको छ । डिपो प्रमुख यादवले रुस–युक्रेन युद्ध रोकिएर मूल्य कम हुनासाथ कुनै समस्या नहुने बताए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु