रौतहट , १५ बैशाख //
नेकपा एमालेले रौतहटमा फतुवा विजयपुर नगरपालिकाको प्रमुख पदमा एक जना साहित्यकार तथा कलाकारलाई उम्मेदवार बनाएको छ। नेपाल चलचित्रकर्मी संघका मधेस प्रदेश अध्यक्ष रहेका साहित्यकार तथा कलाकार विजय यादव निर्बिज उम्मेदवार बनेका हुन्।
निर्बिजको बारा, रौतहट, सर्लाही र पश्चिमी महोत्तरीमा बोलिने बज्जिका भाषामा उपन्यास पनि प्रकाशित छ। रौतहटको गरुडामा रहेको रेडियो मधेस मसला एफएमको बज्जिका भाषाको शीर्षगीत गाएका कलाकार निर्बिजले दर्जनौँ गीत गाउँनुका साथै विभिन्न म्युजिक भिडियोहरुमा अभिनय पनि गरेका छन्।
अभिनय विषयमा स्नातक गरेका निर्बिजले कलाकारिता र राजनीतिलाई सँगसँगै अगाडि बडाएका छन्। २५ वर्षीय अविवाहित कलाकार निर्बिज नेकपा एमाले स्थायी समितिका सदस्य एवं पूर्व मन्त्री प्रभु साहको स्वकीय सचिवको रुपमा काम गर्दै आएका थिए।