मुकेश कुमार साह, रौतहट २३ चैत्र । नेकपा एमाले गुजरा नगरपालिका वडा नं ४ का वडा कमिटि अध्यक्ष निरन्जन पुरीले वडा अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहने बताएका छन् ।
युवा नेता पुरीले जनताको सेवामा लाग्दै वडा नम्बर ४ मा बिकास र समृद्धीको लहर ल्याउन आफ्नो उम्मेद्वारी रहने उनले बताए । पार्टीले दिएको आट र साहस लाई बलको रुपमा लिदै जनताको सेवा र वडाको समग्र बिकासमा लागिरहने र पार्टी लाई थप उत्साहित बनाउने नेता पुरीको दावी छ ।
विगतमा भएको निर्वाचनमा आफु पनि एक मतदाताको हैसियतले जनप्रतिनिधिहरूको कामको मूल्याङ्कन गर्दा जनतावाट निर्वाचित राजनीतिक दलका प्रतिनिधिहरूले गुजारा नगरपालिका ४ का मतदाताहरूको अपेक्षा अनुरूप कुनैपनि कार्य गर्न नसकेको कुरा उनको आरोप छ । विज्ञ तथा प्राविधिक समुहहरूको सल्लाह सुझाव लिई प्रविधियुक्त नमुना वडाको रूपमा विकास गर्ने क्षमता समेत आफुमा रहेको उनले दाबी गरे।
आफु वडामा जिते जनताले चाहेजस्तो विकास निर्माण, आर्थिक पादर्शिता, सुशासन जस्ता कामहरु गर्ने योजना रहेको उनले बताए । शिक्षा, स्वास्थ , कृषिमा आधुनिकिकरण, बेरोजगारीको अन्त्य लागि युवा स्वोरोजगार कार्यक्रमलाई पहिलो प्राथमिकता,दलित बर्गको उत्थानमा सक्रिय रहने उनको भनाई छ। विभिन्न आर्थिक, सामाजिक, शैक्षिक, , स्वास्थ्य लगायतका माध्यमबाट आफ्नो वडाका नागरिकहरुको जीवनस्तर परिर्वतन गर्न डटेर लाग्ने उनले प्रतिबद्ता व्यक्त गरेका छन् । आफ्नो जित सुनिश्चित रहेको हुँदा पार्टीले वडा अध्यक्षको टिकट आफैलाई दिनेमा उनि बिश्वस्त छन।
पुरी केहि समय विदेश बसेर आफ्नो गाउ- ठाउँको परिवर्तनको निम्ती नेपाल फर्केको उनका नजिकका साथीहरु बताउछन । वैदेशिक रोजगारीको शिलसिलामा बहिर रहदा गरिब दुखीलाई न्यानो कपडा बितरण,ब्लाङकेट बितरण लगायत सामाजिक कार्यमा क्रियासिल थिए उनि ।