रौतहट , ९ बैशाख //
नेकपा एमालेले स्थानीय तह निर्वाचन २००७९ को घोषणापत्र सार्वजनिक गरेको छ।
शुक्रबार पार्टीको नयाँ केन्द्रीय कार्यालय च्यासलबाट जारी भएको घोषणापत्रमा एमालेको सरकारका पालामा भएका केन्द्र र स्थानीय तहका कामहरुको उपलब्धी व्याख्या गरिएको छ ।
शुक्रबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीसहितले घोषणापत्र सार्वजनिक गरेका हुन्।
सार्वजनिक गरेको घोषणापत्रमा सार्वजनिक यातायातलाई व्यवस्थापन गर्ने, सहरमा रेल संचालनको पूर्वाधार विकास गर्नेसम्मका महत्वकांक्षी योजना उल्लेख गरिएको छ।
सार्वजनिक यातायात प्राधिकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने घोषणापत्रमा भनिएको छ। यस्तै ठूला सहरहरुमा रेल, बस र्यापिड ट्रान्जिट लगायत यातायात प्रणालीको विकास घोषणापत्रमा उल्लेख गरिएको छ।
यस्तै देशका ठूला नदीहरुमा जल यातायातको विकास गर्ने पनि घोषणा गरेको छ। ठूला नदी प्रणालीहरुमा जल यातायातको विकास गर्ने घोषणपत्रमा भनिएको छ।