रौतहट १४ बैसाख / एकीकृत नेकपा माओबादी पार्टीले युद्ध लडेका भन्दा नव प्रवेसी र पैसावाला गाउपालिकाको टिकट बेचेको भन्दै रौतहटमा माओबादी पार्टीका मधेश प्रदेश सदस्य लगायत करिव एकसय नेताकार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन ।
बुधबार गरुडामा पत्रकार सम्मेलन गरी उनीहरुले नेकपा माओबादी परित्याग गरी स्वतन्त्र बामपन्थी बनेर बस्ने घोषणा गरेका हुन । नेकपा माओबादीका मधेश प्रदेश सदस्य सुधिर यादब सहित करीव एकसय जनाले माओबादी त्यागेको बताएका छन ।
आउदो बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा जिल्लाका शिर्ष नेताहरुले पैसाको भरमा टिकट बाडेको र युद्ध लडेका र शहिद परिवारलाइ पार्टीमा कुनै स्थान नदिएको उनीहरुको आरोप रहेको छ ।
नेकपा माओबादीका नेताहरुले पैसाको भरमा टिकट बाडेपछि माओबादी पुजीबाद तर्फ लागेको मधेश प्रदेश सदस्य सुधिर यादबले आरोप लगाए ।
हिजोको पार्टी बिरोधीलाइ टिकट दिने र १० बर्ष जनयुद्ध गरेकाहरुलाइ नेताहरुले वाइपास गरेर हिडेको यादबको आरोप छ ।
यस्तो पार्टीमा रहनु भन्दा स्वतन्त्र भएर बस्नु नै उचित रहेको ठानेर पार्टी परित्याग गरेको उनीहरु बताउ छन ।
यस्तै पार्टीका जिल्ला समन्वय समितिका सदस्य सुरेश मुखियाले सच्चा कार्यकर्ताहरुलाइ स्थान नदिएको बताए ।
एकीकृत नेकपा माओबादी पार्टीका नेता सत्य नारायण भगतले पैसाको भरमा यमुनामाइ गाउपालिकाको अध्यक्षमा कुनै पनि कमिटिमा नरहेका ब्यक्तीलाइ गाउपालिकाको अध्यक्षमा टिकट दिएको आरोप छ । यस्ता नेताहरुबाट देश सम्बृद्धीको आशा गर्नु धिक्कार रहेको समेत उनको आरोप छ ।
यस्तै नेकपा माओबादी पार्टीका प्रस्तबित प्रदेश सदस्य बबिता कुमारी यादबले पनि पैसाको भरमा नेताहरुले टिकट बाडेको आरोप लगाइन ।
जनयुद्घ लडेका यमुनामाइका श्री प्रकाश मुखिया , मौलापुरका धिरज पटेल लगाएत लाई नेताहरुले बाइपास गरेको गुनासो छ ।
शहिद परिवार राजु महतो,राधेश्याम दास लगायत एकसय बढी जनाले एकीकृत नेकपा माओबादी परित्याग गरि स्वतन्त्र भएको घोषणा गरेका छन ।